नियम १२४
प्रमाणित गर्ने अधिकृत
नक्कलमा सम्बन्धित कर्मचारी र शाखा प्रमुखको सही परेपछि रजिस्ट्रार वा निजले अह्वाएको अधिकृतले सक्कल वा नक्कल बमोजिमको नक्कल दुरुस्त छ भन्ने लेखी आफ्नो पूरा नामको दस्तखत गरी अदालतको छाप लगाउनु पर्छ।